Kathmandu Press

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

वासिङ्टन, चैत २३ : संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्।त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी...
अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

वासिङ्टन, चैत २३ : संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्।

त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न आज प्रतिबद्ध  रहेको बताएका छन्।

Hardik ivf

सेप्टेम्बर २०२१ मा अयुकुस भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने तीन राष्ट्रका नेताहरूले  सहयोगका नयाँ घोषणा गरिएका क्षेत्रहरूले 'साइबर क्षमता, कृत्रिम बुद्धिमत्ता, क्वान्टम टेक्नोलोजीहरू र अतिरिक्त समुद्रमुनि क्षमताहरूमा सहयोगलाई अझ गहिरो बनाउनका लागि हाम्रा विद्यमान प्रयासहरूलाई थप्नेछ,' विज्ञप्तिमा भनिएको छ। 

अयुकुसअन्तर्गत संयुक्त राज्य अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक शक्तियुक्त पनडुब्बीहरू प्रदान गर्ने वाचा गरेका छन्।

फ्रान्सले भने यसलाई ठूला शक्तिहरू बीच हतियार दौडको संज्ञा दिँदै  यसले थप त्रास सिर्जना गर्ने  र दक्षिणपूर्वी एसियाली क्षेत्रलाई अस्थिर बनाउँने  टिप्पणी गरेको छ।

गठबन्धन स्थापना भएको केही समयपछि इन्डोनेसियाली विदेश मन्त्रालयले 'यसक्षेत्रमा जारी हतियार दौड र शक्ति प्रक्षेपणको बारेमा गहिरो चिन्ता रहेको' बताएको छ।  

यसैबीच मलेसियाका प्रधानमन्त्री इस्माइल साबरी याकोबले आणविक शक्तिबाट चल्ने पनडुब्बी परियोजनाले 'यस क्षेत्रमा थप आक्रामक कारबाही गर्न अन्य शक्तिहरूलाई उक्साउन सक्ने' टिप्पणी गरेका छन्।

प्रकाशित मिति: १५:४९ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्