Kathmandu Press

श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल खारेज

श्रीलंकाका राष्ट्रपतिद्वारा संकटकाल खारेज

कोलम्बो, चैत २३ : श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको संकटकाल खारेज गरेका छन्।

यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी संकटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्।

Hardik ivf

आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नाराबाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो।

'सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको संकटकाल हटाउने निर्णय भएको छ,' राष्ट्रपति राजापाक्षेले भने।

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलंकामा सरकारका कारण संकट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ।

प्रशासनिक सङ्कटकाल खारेज गरिएपनि स्वास्थ्य संकटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन्।

देशभरि औषधिको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य संकटकाल लगाउनु परेको सरकारी अधिकारीहरूको भनाइ छ।

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्