Kathmandu Press

बारको मतगणना अपडेट : गठबन्धनका उम्मेदवार घिमिरे दोब्बर मतले अगाडि

काठमाडौं, चैत २३ : नेपाल बार एसोसियसनको अध्यक्षमा गोपालप्रसाद घिमिरेले दोब्बर अग्रता बनाएका छन्। बुधबार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी घिमिरेले १...
बारको मतगणना अपडेट : गठबन्धनका उम्मेदवार घिमिरे दोब्बर मतले अगाडि

काठमाडौं, चैत २३ : नेपाल बार एसोसियसनको अध्यक्षमा गोपालप्रसाद घिमिरेले दोब्बर अग्रता बनाएका छन्। बुधबार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी घिमिरेले १ हजार ७५ मतसहित अग्रता लिएका हुन्। 

उनका निकटतम प्रतिवद्वन्दी प्रगतिशील समूहका विष्णुमणि अधिकारीले ५५३ मत मात्र प्राप्त गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट प्रत्यासी बनेका घिमिरेले एमाले निकटका उम्मेदवार अधिकारीलाई ५०४ मतले पछि पारेका छन् । 

त्यसैगरी महासचिवका उम्मेदवारमध्ये गठबन्धनकी अन्जिता खनालले ९६० मत पाउँदा प्रगतिशील प्यानलका केदारप्रसाद कोइरालाले ६५७ मत पाएका छन् । महासचिवमा भने सत्ता गठबन्धनकी उम्मेदवार खनाल मात्र ३०३ मतले अगाडि छन्। 
 

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्