Kathmandu Press

सुनसरीमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय

काठमाडौं, चैत २३ : सुनसरीमा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय गरेको छ।त्यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी...
सुनसरीमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय

काठमाडौं, चैत २३ : सुनसरीमा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

त्यसका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)ले पाँच सदस्यीय कार्यदल गठन गरेका छन्।

एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकले चुनावी तालमेल गरेर कार्यदल बनाउने निर्णय गरेको हो।

कार्यदलमा कांग्रेसबाट जिल्ला सचिव वीरेन्द्र साह, माओवादी केन्द्रबाट मुक्साहाङ मेन्याङ्वो, एकीकृत समाजवादीबाट वसन्त सुवेदी, जसपाबाट प्रदीप कार्की र राजमोबाट हरिलाल अधिकारी रहेका छन्। 

उक्त कार्यदललाई स्थानीय पालिकाहरुको वस्तुगत अध्ययन गरी चैत २६ गतेभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ। प्रतिवेदन तयारीका लागि कार्यदलले ६ बुँदे नीति अवलम्बन गर्ने आज (बुधबार) जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: १५:२२ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्