नेपालबाट विनोद चौधरी फेरि परे डलर अर्बपतिको सूचीमा, भारतबाट काेकाे छन्?
काठमााडौं, चैत २३ : व्यवसायी विनोद चौधरी फेरि पनि डलर अर्बपतिहरुको सूचीमा परेका छन्।विश्वका धनी व्यक्तिबारे सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यो वर्षका डलर...
काठमााडौं, चैत २३ : व्यवसायी विनोद चौधरी फेरि पनि डलर अर्बपतिहरुको सूचीमा परेका छन्।
विश्वका धनी व्यक्तिबारे सूची प्रकाशन गर्ने फोर्ब्स पत्रिकाले यो वर्षका डलर अर्बपतिहरुलाई समेटेर सार्वजनिक गरेको सूचीमा नेपालबाट उनी मात्र परेका हुन्।
मंगलबार सार्वजनिक गरिएको सूचीअनुसार दक्षिण एसयामा भारतबाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र हुन्।
व्यवसायी चौधरी फोर्ब्सको सूचीमा १ हजार ९ सय २९ नम्बरमा छन्। उनी २०१३ यता हरेक वर्ष अर्बपतिहरुको सूचीमा पर्दै आएका छन्।
श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानबाट कोही पनि डलर अर्बपतिको सूचीमा परेनन्।
अर्बपति चौधरीको सम्पत्ति वृद्धि भएको फोर्ब्सले जनाएको छ। उनको सम्पत्ति गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भई १ दशमलव ५ अर्ब डलर पुगेको फोर्ब्सले जनाएको छ।
प्रतिनिधिसभाका सदस्यसमेत रहेका उनी नेपाली कांग्रेसमा आबद्ध रही राजनीतिमा सक्रिय छन्।
फोर्ब्सको सूचीअनुसार दक्षिण एशियाको अर्को मुलुक भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरुमध्ये तेस्रो भएको छ। भारतमा १६६ र चीनमा ५३९ जना अर्बपति छन्। सबैभन्दा धेरै अर्बपति रहेको देशमा अमेरिका रहेको छ, जहाँ ७३५ अर्बपति छन्।
एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनीसँग २ सय ९० दशमलव ३ अर्ब डलर सम्पत्त िरहेको फोर्ब्सले जनाएको छ।
दोस्रोमा परेका जेफ बेसोजको सम्पत्ति १ सय ८९ दशमलव ८ रहेको छ भने बर्नाड अर्नल र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् ।
भारतका गौतम अदानी नवौं र मुकेश अम्बानी १०औं नम्बरमा छन्।











