Kathmandu Press

एमाले सरकारले बनाएको बन्दरगाह सञ्चालनमा आउनु सुखद : ओली

काठमाडाैं, चैत २३ : एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्यास गर्न कांग्रेसले तीनपटक रोक्ने प्रयास गरेको आराेप...
एमाले सरकारले बनाएको बन्दरगाह सञ्चालनमा आउनु सुखद : ओली

काठमाडाैं, चैत २३ : एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्यास गर्न कांग्रेसले तीनपटक रोक्ने प्रयास गरेको आराेप लगाएका छन्।

बुधबार भक्तपुरको सिपाडोलमा विनाशकारी भूकम्पबाट क्षति भई पुनर्निर्माण गरिएको श्री शान्ति निकेतन माध्यमिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दरगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको बताएका हुन्।

उनले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको धारणा राखे। एमाले सरकारले विकासका निकै काम गरेको र फेरि पाँच वर्ष सरकारमा बसेपछि शिलान्यास र उद्घाटनको कामले तीव्रता लिने उनले बताए।

वर्तमान सत्ता गठबन्धन ढलेपछि फेरि मुलुकको विकासको बाटोमा अघि बढ्ने उनले बताए। ओलीले परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको विकासको काम नै अवरुद्ध भएको जिकिर गरे।

अध्यक्ष ओलीले शिक्षा क्षेत्रको विकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने उल्लेख गरे। कार्यक्रममा विद्यालय पुनर्निर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १४:०३ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्