Kathmandu Press

प्रतितोला ३०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडाैं, चैत २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९८ हजार ५०० तोकिएको छ।पहेंलो धातु अघिल्लो...
प्रतितोला ३०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडाैं, चैत २३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेर रु. ९८ हजार ५०० तोकिएको छ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार छ। यसको मूल्य मङ्गलबार प्रतितोला रु ९८ हजार ३०० थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्