Kathmandu Press

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख सङ्क्रमित

पेरिस, चैत २३ : फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन्।नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला...
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक दुई लाख सङ्क्रमित

पेरिस, चैत २३ : फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन्।

नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको हो।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा दुई लाख तीन हजार २१ जना सङ्क्रमित भएका छन्।

फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले दुई लाख तीन हजार १० जना सङ्क्रमितहरू अस्पतालमै रहेका छन् । ती मध्ये एक हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ।

त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाभाइरसका कारण कम्तीमा १४० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

यही मार्च २५ देखि ३१ सम्मको दैनिक सङ्क्रमितहरूको सङ्ख्याका आधारमा हेर्दा औसतमा एक लाख ३९ हजार ९६७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

फ्रान्समा रहेका व्यक्ति मध्ये ८०.९ प्रतिशतले कोरोनाभाइरस विरुद्ध कम्तीमा एउटा खोप लगाएका छन्। कुल जनसङ्ख्याको ७९.५ प्रतिशतले पूर्ण खोप लगाएका छन्।
 

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, चैत २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्