Kathmandu Press

भारत नियन्त्रित कश्मीरमा २ आतंककारीको मृत्यु

भारत नियन्त्रित कश्मीरमा २ आतंककारीको मृत्यु

नयाँ दिल्ली, चैत २३ : भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतंककारीको मृत्यु भएको जनाएको छ।

भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा रहेको पुलवामा जिल्लाको त्राल क्षेत्रमा गोली हानाहान भएको प्रहरीले जनाएको छ। 

विद्रोहीसँगको भिडन्तमा सरकारी फौजलाई कुनै क्षति नभएको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार सरकारी सेनाले विशेष गुप्तचर सूचनाका आधारमा क्षेत्रलाई घेराबन्दी गरेको थियो।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, चैत २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्