निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, चैत २३ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।गएराति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य वृद्धि गरेको...
काठमाडौं, चैत २३ : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
गएराति १२ बजेदेखि लागू हुने गरी निगमले मूल्य वृद्धि गरेको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले बढाएको छ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ। अब ग्यासको मूल्य एक हजार ६ सय पुगेको छ।
यसैगरी, निगमले हवाइ इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढाएको छ। अब हवाइ इन्धन आन्तरिक प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ।
त्यस्तै, हवाइ इन्धन अन्तर्राष्ट्रिय रुपमा ५० डलर बढाएर प्रतिकिलोलिटर एक हजार ४४५ अमेरिकी डलर पुगेको छ।
नोक्सानी बढेकाले इन्धनको मूल्य बढाएको निगमले जनाएको छ। यसअघि चैत २ गते पेट्रोलियम पदार्थको मूल्य बढेको थियो।












