एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष २४ घण्टामै माओवादीमा फर्किए
काठमाडौं, चैत २२ : धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा इन्चार्ज पित्तबहादुर डल्लाकोटी पुनः नेकपा माओवादी केन्द्रमै फर्किएका छन्। सोमबारमात्रै नेकपा (एमाले) मा प्रवेश...
काठमाडौं, चैत २२ : धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा इन्चार्ज पित्तबहादुर डल्लाकोटी पुनः नेकपा माओवादी केन्द्रमै फर्किएका छन्।
सोमबारमात्रै नेकपा (एमाले) मा प्रवेश गरेका उनी आज पुनः नेकपा माओवादी केन्द्रमै फर्किएका हुन् ।
उनी सोमबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर पार्टी प्रवेश गरेका थिए। तर आफूभित्र क्षणिक आक्रोश र आवेगमा आएर राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई पुनः पार्टीमा फर्किएको बताएका छन् ।
प्रकाशित मिति: २१:०१ बजे, मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











