Kathmandu Press

ओलीले गर्दा देशको विकास २५ वर्ष पछि पर्‍यो : नेता पौडेल

काठमाडौं, चैत २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् । मंगलबार शंकरदेव...
ओलीले गर्दा देशको विकास २५ वर्ष पछि पर्‍यो : नेता पौडेल

काठमाडौं, चैत २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् । 

मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित आर्थिक सवलीकरण राजनैतिक शुद्धिकरण विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले केपी ओलीहरुको कारणले देशको विकास २५ वर्ष पछि परेको आरोप लगाएका हुन् ।

अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि एमालेले राजनीतिक ब्यवस्थापन गर्न नसक्दा अवसर हुँदा हुँदै पनि देश विकास हुन नसकेको आरोप लगाएका हुन् । 

कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा कांग्रेसले राजनीतिक शुद्धिकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने पनि बताएका छन् । देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको र अबको बाटो आर्थिक विकास र गुणस्तर विकासको हुनुपर्ने र त्यसकोनेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नुपर्ने उनले बताए । 

राज्यले दिने हरेक क्षेत्रको सेवा सुविधामा गुणस्तर वृद्धि गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: २०:११ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्