Kathmandu Press

चक्कु आक्रमण गरी इरानी इस्लाम धर्मगुरुको हत्या, अन्य दुई घाइते

तेहरान, चैत २२ : एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ।उत्तर पूर्वी तीर्थनगर...
चक्कु आक्रमण गरी इरानी इस्लाम धर्मगुरुको हत्या, अन्य दुई घाइते

तेहरान, चैत २२ : एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ।

उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरलाई उद्धृत गरी इरानी टेलीभिजनले उल्लेख गरेको छ।

खोरासन रजावी प्रान्तका गभर्नर याग्होब–अली नाजारीले इरानी टेलीभिजनसँग भने, 'एक व्यक्तिले तीन जना शिया धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको छ। घटनामा अरु दुई जना घाइते भएका छन्।  आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उनले बताए।

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, चैत २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्