Kathmandu Press

कांग्रेसले टोल–टोलमा प्रचार–प्रसार समिति गठन गर्ने 

काठमाडौं, चैत २२ : नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभरका सबै स्थानीय तहमा नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई अत्यधिक बहुमतले विजयी...
कांग्रेसले टोल–टोलमा प्रचार–प्रसार समिति गठन गर्ने 

काठमाडौं, चैत २२ : नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभरका सबै स्थानीय तहमा नेपाली कांग्रेसका प्रतिनिधिहरुलाई अत्यधिक बहुमतले विजयी बनाउन पार्टीका सबै संरचनालाई प्रचार प्रसारमा संलग्न गराउने भएको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार—प्रसार समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको संरचना अन्तरगत प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तथा टोल इकाई समितिमा अबिलम्ब स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्नका लागि पनि समितिले निर्देशन दिएको हो ।

यस्तै प्रचार प्रसार समिति अन्तरगत समितिलाई आवश्यक परामर्श दिन वरिष्ठ पत्रकारहरु सम्मिलित एक सल्लाहकार समूह गठन गर्नुका साथै निर्वाचनमा सञ्चार माध्यमसंग समन्वय गर्नका लागि विभिन्न उपसमिति गठन गर्न संयोजक समेत तोकेको छ ।

जसअन्तर्गत प्रचार प्रसार सल्लाहकार समितिको संयोजक पत्रकार हरिहर विरही, अनलाईन मिडिया समन्वय तथा प्रचारप्रसार समितिको  संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेल, टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झा रहेका छन् । 

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्