Kathmandu Press

राष्ट्रपति भण्डारीले गरिन् पाँच अध्यादेश जारी 

काठमाडौं, चैत २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी...
राष्ट्रपति भण्डारीले गरिन् पाँच अध्यादेश जारी 

काठमाडौं, चैत २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरले जानकारी दिएका छन्  ।

प्रकाशित मिति: १८:५९ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्