Kathmandu Press

राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन (निर्देशनसहित) 

काठमाडौं, चैत २२ : निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित...
राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन (निर्देशनसहित) 

काठमाडौं, चैत २२ : निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । 

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित आयोगले दलहरूसँग मंगलबार गरेको छलफलका क्रममा निर्वाचन आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता माग्दै ६० बुँदे निर्देशन दिएको हो ।

निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न आयोगमा दर्ता भएका  दलहरूलाई निर्देशन दिइएको आयोगले जनाएको छ । 

निर्देशनमा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचन सम्बन्धी प्रचलित संघीय कानून बमोजिम निर्वाचनको प्रचार प्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्‍याउन नपाईने समेत उल्लेख छ ।

यस्तै निर्वाचनको अवधि भित्र कुनै मतदातालाई प्रभावित पर्ने खालका काम नगर्न पनि उल्लेख गरिएको छ । 

प्रकाशित मिति: १८:४४ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्