Kathmandu Press

यूक्रेनमा आन्तरिकरूपमा विस्थापित ७१ लाखभन्दा बढी : राष्ट्रसंघ

यूक्रेनमा आन्तरिकरूपमा विस्थापित ७१ लाखभन्दा बढी : राष्ट्रसंघ

जेनेभा, चैत २२ : रूसले यूक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी यूक्रेनी आन्तरिक रुपमा विस्थापित भएको अनुमान गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। उनीहरु आफ्नो घर छाडेर भागेको तर देशमै रहेको राष्ट्रसंघले मङ्गलबार जनाएको हो।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासनसम्बन्धी संगठन (आइओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो।

Hardik ivf

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले भने, 'युद्धका कारण मानिसहरू आफ्नो घर छोडेर भागिरहेका छन् र जमिनमा भएका मानवीय आवश्यकताहरू अझै बढिरहेको छ।'

'नागरिकहरूको सुरक्षित उद्धार गर्न र आन्तरिक विस्थापितहरूलाई छिटो–छिटो सहयोग गर्नको लागि अति आवश्यक मानवीय सहायताको सुरक्षित यातायात र वितरण सुनिश्चित गर्न मानवीय मार्ग तत्काल आवश्यक छन्।'

रूसले फेब्रुअरी २४ मा यूक्रेनमा आक्रमण गरेपछि लाखौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ४२ लाख भन्दा बढी यूक्रेनी विदेश पलायन भएका छन्।
 
आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रबारसम्म यूक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ। यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ।

झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख यूक्रेनको पूर्बी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन्।

सर्वेक्षणले देखाएअनुसार ४१ प्रतिशत अर्थात् २.९ करोड आन्तरिक रूपमा विस्थापितहरू अहिले देशको पश्चिमी क्षेत्रमा रहेका छन्।

यसले पत्ता लाग्यो कि ६० प्रतिशतभन्दा बढी विस्थापित परिवारहरूमा बालबालिका, ५७ प्रतिशत वृद्ध सदस्यहरू र ३० प्रतिशत दीर्घ रोगी रहेका अनुमान गरिएको छ। विस्थापित परिवारमध्ये एक तिहाइभन्दा बढीले गत महिनामा कुनै आम्दानी नभएको जनाएका थिए।

प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्