जहाजभित्र अन्तर्वार्ता गरेपछि प्रेस काउन्सिलले ऋषि धमलालाई सोध्यो २४ घन्टे स्पष्टिकरण
काठमाडौं, चैत २२ : प्रेस काउन्सिल नेपालले सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई २४ घन्टे स्पष्टिकरण सोधेको छ। प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्कँर्दै गर्दा जहाजभित्रै...
काठमाडौं, चैत २२ : प्रेस काउन्सिल नेपालले सञ्चारकर्मी तथा मिडिया व्यवसायी ऋषि धमलालाई २४ घन्टे स्पष्टिकरण सोधेको छ। प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्कँर्दै गर्दा जहाजभित्रै अनुमतिविना अन्तरवार्ता र प्रत्यक्ष प्रसारण गरेपछि काउन्सिलले धमलालाई २४ घन्टाभित्रमा स्पष्टिकरण दिन निर्देशन दिएको हो।
चैत २० गर्ने जनता जान्न चान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति काउन्सिलले आपत्ति जनाएको हो । सो कार्यक्रममा ‘काठमाडौं उत्रिएपछि विमानस्थलबाटै ऋषि धमलाको रिपोर्टिङ, सेक्युरिटीले रोकेपछि यस्तोसम्म भयो’ शीर्षक दिई विमान भित्रबाटै प्रत्यक्ष प्रसारण गरेको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
केही समय अघि सञ्चारकर्मी धमलाले नेपाल बारको आन्तरिक बैठकमा पनि अनुमतिबेगर बैठकस्थलमा प्रवेश गरी प्रत्यक्ष प्रसारणको प्रयास गरेको विषय समेत काउन्सिलको स्वअनुगमनबाट नोटिममा लिइएको अमुगमन अधिकृत सुरेन्द्र मल्लले उल्लेख गरेका छन् ।

पत्रमा भनिएको छ,‘पत्रकार तथा सञ्चार माध्यमले सूचना तथा सङ्कलन र सम्प्रेषण सभ्य र शिष्ट रुपमा सामग्री सम्प्रेषण गर्नुपर्ने, पेशागत अभ्यासमा सामाजिक शिष्टता र मर्यादित कार्यशैली प्रयोग गर्नुपर्ने पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६०) को व्यवस्था रहेको छ । तसर्थ, सुरक्षा संवेदनशीलतालाई नजर अन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रशारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटकपटक यस्तो गैर पेसागत क्रियाकलाप किन हुन पुगेको हो ? पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशानुसार सूचित गरिन्छ ।’











