Kathmandu Press

बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील

बाँके, चैत २२ : बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा रहेका छन।जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील...
बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील
Hardik ivfHardik ivf

बाँके, चैत २२ : बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा रहेका छन।

जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ। ‘वादविवाद हुने, झैँभगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रुपमा लिएका छौँ’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने। उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदानस्थललाई आन्तरिकरुपमा व्यवस्थापन गरिने बताए।

यसैबीच स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन सुरु गरेको छ। कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका आठ मतदानस्थलको अनुगमन गरिएको प्रजिअ खत्रीले जानकारी दिए। उनले मतदानस्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्हार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे।  

विसं २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल तीन लाख २९ हजार ४७३ मतदाता छन्। जिल्लामा मतदान केन्द्र ३७९ छन्। मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए।

आगलागीबाट पीडित परिवारलाई राहत

बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट पीडित परिवारलाई आज राहत उपलब्ध गराइएको छ। प्रजिअ खत्रीले विपद् व्यवस्थापन कोषबाट प्रतिपरिवार रु १५ हजार र ब्ल्याङ्केट वितरण गरिएको जानकारी दिए। उनले नेपाल रेडक्रस सोसाइटीले एक सेट भाडा र गाउँपालिकाले खाद्यान्न वितरण गरेको बताए। सोमबार अपराह्न आगलागी हुँदा १६ घरगोठ जलेर नष्ट भएका थिए।

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्