एमालेसँग एक्लै लड्न नसकेपछि गठबन्धन बनाइँदै छ : ओली
काठमाडौं, चैत २२ : नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताएका छन्। मंगलबार वीरगञ्जमा आयोजित सभालाई सम्बोधन...
काठमाडौं, चैत २२ : नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताएका छन्।
मंगलबार वीरगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धनले चूनावी तालमेल गर्न खोजेको बताएका हुन्।
उनले एमालेमा प्रवेश गर्ने जनलहर देखेर गठबन्धन तर्सिएको टिप्पणी गरे । अध्यक्ष ओलीले गठबन्धन अपवित्र ढंगले जन्मिएको र जनताले बनाएको सरकारलाई अँध्यारो कुनाका बसेर ढालिएको उल्लेख गरे । हाले सरकारकै कारण मुलुकको अर्थतन्त्र धरासयी भएको आरोप समेत लगाए।
ओलीले केही व्यक्तिलाई आफूलाई मधेसविरोधी रहेको भनेर केही स्वार्थी मान्छेहरूले हल्ला चलाएको पनि बताए।
प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











