Kathmandu Press

बारकाे मतगणना अपडेट : अध्यक्ष पदमा लोकतन्त्रवादी प्यानलका घिमिरेको दोब्बर अग्रता

काठमाडौं, चैत २२ : नेपाल बार एसोसियसनको अध्यक्षमा सत्ता गठबन्धन निकट लोकतन्त्रवादी–प्रगतिशिल कानुन व्यवसायीको प्यानलले अग्रता लिएको छ। भर्खरै प्राप्त मत परिणाम अनुसार बार अध्यक्षमा...
बारकाे मतगणना अपडेट : अध्यक्ष पदमा लोकतन्त्रवादी प्यानलका घिमिरेको दोब्बर अग्रता

काठमाडौं, चैत २२ : नेपाल बार एसोसियसनको अध्यक्षमा सत्ता गठबन्धन निकट लोकतन्त्रवादी–प्रगतिशिल कानुन व्यवसायीको प्यानलले अग्रता लिएको छ। 

भर्खरै प्राप्त मत परिणाम अनुसार बार अध्यक्षमा गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे दुई सय १३ मत ल्याएका छन् । एमाले निकट प्रगतिशिल समूहका वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले एक सय एक मत ल्याएका छन् । महासचिवमा गठवन्धन निकट अधिवक्ता अन्जिता खनालले एक सय ९१ मत प्राप्त गरेकी छन् । यता एमाले निकट प्रगतिशीलतर्फका महासचिव उम्मेदवार केदार कोइरालाको एक सय ३१ मत ल्याएका छन् । 

बारको २६ औं केन्द्रीय कार्य समितिको निर्वाचनमा २५ पदका लागि अध्यक्षसहित ८३ उम्मेदवार चुनावी मैदानमा भिडेका थिए । एकैसाथ देशभर भएको निर्वाचनबाट एक अध्यक्ष, आठ उपाध्यक्ष, एक कोषाध्यक्ष, एक महासचिव र १४ जना सदस्यको नयाँ कार्य समिति चयन हुनेछ ।

 निर्वाचनमा देशभरका ९० बार इकाइबाट साढे सात हजार मत खसेको बारले जनाएको छ । करिव १० हजार मतदातामध्ये ७० प्रतिशत मत खसेको थियो । 
 

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्