Kathmandu Press

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने राजनीतिक दलको प्रतिवद्धता 

काठमाडौं, चैत २२ : विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ। सोमबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता...
निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने राजनीतिक दलको प्रतिवद्धता 

काठमाडौं, चैत २२ : विवादकाबीच निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरुबाट प्रतिबद्धता लिएको छ। 

सोमबार आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरुलाई बोलाएर आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता लिएको हो । त्यसअघि निर्वाचनमा आचारसंहिताको छलफलमा भाग लिन नपाएको भन्दै साना दलहरुले नारावाजी गरेका थिए । आचारसंहितामाथि छलफल नै नगराइ प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेको भन्दै उनीहरुले आपत्ती जनाएका थिए । 

पछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उक्त बिषय नियमित प्रक्रियामात्र भएको बताएपछि साना दलहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षरपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिबद्धता लिने पुरानै अभ्यास रहेको र आयोगले यसपटक पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको जानकारी दिए । साना दलहरुले अघि सारेको बिषयमा आयोगले प्रष्ट पारेको र अव कुनै विवाद नरहेको उनले बताउनुभयो।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुषालले छलफल नै नगराई आचारसंहिता बनाइएको र हस्ताक्षर गर्नमात्र बोलाइएकोमा केहि दलले आपत्ती जनाएको जानकारी दिए। उनले आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

नेमकिपाका नेता प्रेम सुवालले आचारसंहिता पालना गर्ने गराउने बिषय राम्रो भएपनि सरकारमा रहेका दलहरुले आचारसंहिता पालना नगरेको बिषयमा आयोगको ध्यान जानुपर्ने बताए।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको बताए । यस क्रममा केहि गलत बुझाइ रहेको र आयोगले स्पष्ट पारेपछि सवै दलले हस्ताक्षर गरेको उनले जानकारी दिए। 

आयोगले निर्वाचन आचारसंहितामा निर्माणका क्रममा प्रमुख दलसंग छलफल गरेको । स्थानीय तहको निर्वाचन आगामी बैंशाख ३० गते तोकिएको छ । 

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्