५०५ कन्टेनर अट्ने क्षमताको चोभार सुक्खा बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्रीद्वारा उद्घाटन
मंगलबार वीरगन्ज नाका हुँदै सामान बोकेर आएको तीन कन्टेनरलाई भित्र्याउँदै प्रधानमन्त्री देउवाले चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा ल्याएका हुन्।
काठमाडौं, चैत २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन्। मंगलबार वीरगन्ज नाका हुँदै सामान बोकेर आएको तीन कन्टेनरलाई भित्र्याउँदै प्रधानमन्त्री देउवाले चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा ल्याएका हुन्।
वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।
चोभार बन्दरगाह सीमावर्ति क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वरिन्टिन, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।
उक्त बन्दरगाह विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको हो ।











