Kathmandu Press

उदयपुरमा विद्यालय हिँडेकी कविताको हत्यामा सहपाठीकै संलग्नता, दुईजना पक्राउ

पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ घर भई उदयपुरको बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल र ढकालकै छोरी १७ वर्षीया सरिता ढकाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 
उदयपुरमा विद्यालय हिँडेकी कविताको हत्यामा सहपाठीकै संलग्नता, दुईजना पक्राउ

काठमाडौं, चैत २२ : उदयपुरको बेलका नगरपालिका–३ डंगटोलमा १६ वर्षीया छात्रा कविता सुनुवारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोपमा एक भारतीय सहित २ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ। 

पक्राउ पर्नेमा भारतको सिक्किम राज्य बियुङ घर भई उदयपुरको बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल र ढकालकै छोरी १७ वर्षीया सरिता ढकाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

Hardik ivf

मंगलबार बिहान बेलका–३ डंगटोलमा कविता मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि रामपुर प्रहरी कार्यालयको टोली घटनास्थल पुगेका थिए। घटनास्थलमा पुगेका प्रहरी निरीक्षक (इन्सपेक्टर) तेजप्रसाद दाहालले कबिताको शरीर घोप्टो परेको अवस्थामा भेटिएको जानकारी दिए। 

‘मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ, शरीरका विभिन्न भागमा पनि चोट छ,’ इन्सपेक्टर  दाहालले काठमाडौं प्रेससँग भने। कबिताको शव वारदात स्थानबाट केही तल भेटिएको पनि इन्सपेक्टर दाहालले जानकारी दिए। ‘घटनास्थलको प्रकृति हेर्दा केही माथि हत्या गरि घिसारेर तल ल्याइएको देखिएको छ।’

कबिताको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप खुलासा हुने इन्सपेक्टर दाहालले जानकारी दिए। 

हत्याको आशंकामा पक्राउ परेका दुईमध्य सरिता कवितासँगै कक्षाा १० मा पढ्ने बताइएको छ। विनाेद भने सरितालाइ पुर्याउन गएकाे र बाटाेमा विवादकाे क्रममा झगडा परेपछि कबिताकाे हत्या भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ। सरिता र कबिताबीच अगाडिदेखि नै मनमुटाव रहेकाे र बिहीबार बिनाेदसँग मिलेर हत्या गरिएकाे प्रहरीले बताएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

कबिताकाे हत्या भएपछि विद्यालयले सार्वजनिक गरेकाे बिज्ञप्ति

हत्या भएकी कबिता स्थानीय कोशी जनता विद्यालयमा कक्षा–१० मा अध्ययनरत थिइन्। मंगलबार बिहान अतिरिक्त कक्षा लिन घरबाट हिँडेकी कविताको विद्यालय नपुग्दै बाटोमै हत्या भएको थियो। विद्यालय व्यवस्थापन समिति र  प्रधानाध्यापकले हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै विज्ञप्ति जारी गरिसकेका छन्। 

प्रकाशित मिति: १५:१४ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्