Kathmandu Press

उदयपुरमा विद्यालय हिँडेकी छात्राको बाटोमै हत्या 

जिल्लाको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा–१० अध्ययनरत छात्रा कविता सुनुवारको मंगलबार बिहान हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण सिंहले  जानकारी दिएका छन्। 
उदयपुरमा विद्यालय हिँडेकी छात्राको बाटोमै हत्या 

काठमाडौं, चैत २२ : उदयपुरमा घरबाट विद्यालय हिँडेकी छात्राको बाटाेमै हत्या भएको छ।

जिल्लाको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा–१० अध्ययनरत छात्रा कविता सुनुवारको मंगलबार बिहान हत्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण सिंहले  जानकारी दिएका छन्। 

छात्राको हत्या भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण साहले विज्ञप्ति जारी गर्दै अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। 

विद्यालयले सञ्चालन गरेको अतिरिक्त कक्षा लिन घरबाट विद्यालय आउँदै गर्दा वडा नम्बर ३ स्थित यसोदा खोलामा कविताको  हत्या भएको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्