Kathmandu Press

प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त

प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त

विराटनगर, चैत २२ : प्रदेश नंं  १ मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ। 

सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष जीनाजङ्ग कार्की, मोरङ र सदस्य सचिव हंशराज वाग्ले, ओखलढुङ्गालाई नियुक्त गर्ने निर्णय गरेको हो। 

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेकाले निजहरूलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

त्यस्तै, बैठकले केही आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकताका आयोजनाका रुपमा तोक्ने निर्णय गरेको  प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्