Kathmandu Press

निर्वाचन आयोगले बोलाएको छलफलमा आयोगकै पदाधिकारीविरुद्ध नाराबाजी

काठमाडौं, चैत २२ : निर्वाचन आचारसंहिता पालनाको लिखित प्रतिवद्धता गर्नका लागि आयोगले बोलाएको छलफलमा नाराबाजी भएको छ।    निर्वाचन आयोगले बोलाएको छलफलमा पुगेका साना...
निर्वाचन आयोगले बोलाएको छलफलमा आयोगकै पदाधिकारीविरुद्ध नाराबाजी

काठमाडौं, चैत २२ : निर्वाचन आचारसंहिता पालनाको लिखित प्रतिवद्धता गर्नका लागि आयोगले बोलाएको छलफलमा नाराबाजी भएको छ।    निर्वाचन आयोगले बोलाएको छलफलमा पुगेका साना दलहरुले बैठक स्थलमै नाराबाजी गरेर विरोध जनाएको हो। 

आयोगले छलफल नै नगरी एकैपटक प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न लगाइएको भन्दै दलहरुले नाराबाजी गरेका हुन्। आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न भनेको थियो ।

सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका हुन्। बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विवाद नगर्न आग्रह गरे पनि विरोध जारी रहेको छ।

आयोगले यसअघि नै निर्वाचन आचारसंहिता सार्वजनिक गरिसकेको छ। आचारसंहितामा प्रतिवद्ध रहेकोबारे हस्ताक्षर गर्न मंगलबार ७९ दलहरुलाई आयोगले बोलाएको थियो। 

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्