Kathmandu Press

सत्ता गठबन्धनको बैठक : रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

समितिमा गठबन्धनमा रहेका अन्य दलहरुका दुई–दुई जना सदस्य रहनेछन्।
सत्ता गठबन्धनको बैठक : रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं, चैत २२ : सत्ता गठबन्धन दलले स्थानीय तहको निर्वाचनको तयारी र अनुगमनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। 

मंगलबार बालुवाटारमा बसेको बैठकले पौडेलको नेतृत्वमा समिति गठन गरेकाे हो । समितिमा गठबन्धनमा रहेका अन्य दलहरुका दुई–दुई जना सदस्य रहनेछन्। माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले उक्त समितिमा आफ्नो दलको सदस्यको नाम पठाउनेछन्। 

गबैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ ।

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्