Kathmandu Press

बूढीगण्डकी जलविद्युत आयोजना : बोटबिरुवादेखि कुखुराको खोरसम्मको मुआब्जा निर्धारण (सूचनासहित)

फलफुलमा आँपको प्रतिबोट ४ हजार ६००, केराको प्रतिबोट १ हजार २३७, अम्बाको प्रतिबोट १ हजार ६० , सुन्तलाको प्रतिबोट ४ हजार ७२५ मुआब्जा निर्धारया गरिएको छ। अन्य फलफुलको पनि उत्पादनका आधारमा मूआब्जा तोकिएको छ।  
बूढीगण्डकी जलविद्युत आयोजना : बोटबिरुवादेखि कुखुराको खोरसम्मको मुआब्जा निर्धारण (सूचनासहित)

काठमाडौं, चैत २२ : बुढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रअन्तर्गत धादिङ्ग र गोरखाका बासिन्दालाई घरजग्गादेखि बोटविरुवासम्मको मुआब्जा निर्धारण गरिएको छ। 

मंगलबार गोरखा र धादिङ्गका प्रशासनले सूचना जारी गर्दै दुई जिल्लाको प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्ने मुआब्जाको मापदण्ड निर्धारण गरेको हो। प्रभावित क्षेत्रका बासिन्दाले घरजग्गा देखि सामान्य बोटविरुवाको समेत मुआब्जा पाउने भएका छन्।

आयोजना प्रभावित क्षेत्रमा पर्ने घरलाई उत्तम, मध्यम र सामान्य गरी तीन स्तरमा विभाजन गरेर मुआब्जा वितरण गरिने भएको छ।  
त्यस्तै घरको पाली, कुखुराको खोर, बाख्राको खोर, बंगुरको खोर, गोठ, धन्सार, टहरा, पानीको धारादेखि  भाँडा माझ्ने ठाउँसम्मको मुआब्जा निर्धारण गरिएको छ।

दुई जिल्लाका प्रशासनले बोटबिरुवाको प्रजाति उल्लेख गरेर मुआब्जा निर्धारण गरेको छ। साल प्रतिक्यूफिट १ हजार र दाउराको प्रतिचट्टा ८ हजार मूल्य निर्धारण गरिएको छ। त्यस्तै बुटधयरो, बर्रो, सिसउ, चाँप, करम, खयर, उतिस, कट्टुस, मसला, सल्लो, बर्रो÷हर्रो, चिलाउने, सिमल लगायका काठको पनि प्रतिक्यूफिट मूल्य निर्धारण गरि मुआब्जा तोकिएको छ। 

फलफुलमा आँपको प्रतिबोट ४ हजार ६००, केराको प्रतिबोट १ हजार २३७, अम्बाको प्रतिबोट १ हजार ६० , सुन्तलाको प्रतिबोट ४ हजार ७२५ मुआब्जा निर्धारया गरिएको छ। अन्य फलफुलको पनि उत्पादनका आधारमा मूआब्जा तोकिएको छ।  

धादिङको साविक गाविस सलाङ, खरी, मैदी, चैनपुर, ज्याम्रुङ, सल्यानटार, सल्यानकोट, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, मार्पाक, र त्रिपुरेश्वरका वासिन्दाले मुआब्जा पाउने छन् । यसैगरी गोरखाका साविक गाविसहरु घ्याल्चोक, भुम्लिचोक, दर्बुङ, फुजेल, वुङकोट, नामजुङ, बोर्लाङ, धावा, तान्द्राङ, आश्राङ, आरुचनौटे, आरुअर्वाङ, आरुपोखरी र थुमीका वासिन्दालाई पनि मुआब्जा वितरण गरिने छ।

मुआब्जाका लागि आजैदेखि आयोजनाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। 

प्रकाशित मिति: ११:४८ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्