Kathmandu Press

आचारसंहिता पालनाको लिखित प्रतिवद्धता गर्न आयोगले ७९ दललाई बोलायो

काठमाडौं, चैत २२ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई आयोगको कार्यालयमा बोलाएको छ।  निर्वाचन नजिकिएसँगै आचारसंहिता पालनाको लिखित प्रतिवद्धता...
आचारसंहिता पालनाको लिखित प्रतिवद्धता गर्न आयोगले ७९ दललाई बोलायो

काठमाडौं, चैत २२ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने ७९ राजनीतिक दललाई आयोगको कार्यालयमा बोलाएको छ।  निर्वाचन नजिकिएसँगै आचारसंहिता पालनाको लिखित प्रतिवद्धता गर्न आयोगले दलहरुलाई बोलाएको हो। 

आयोगका अनुसार (मंगलबार) आज बिहान ११ बजेदेखि दलका प्रतिनिधिलाई बोलाइएको छ। उनीहरुलाई आचारसंहिताबारे जानकारी गराउने र आचारसंहिता पालना गर्छौं भन्ने लिखित प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न लगाइने आयोगले जानकारी दिएको छ।

आयोगले यसअघि नै आचारसंहिता सार्वजनिक गरिसकेको छ। आचारसंहिता कहिलेदेखि लागू गर्ने भन्ने निर्णय भने भएको छैन। निर्वाचनमा आचारसंहिता उल्लंघन गरे कारवाही गरिने व्यवस्था छ।  

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ।

प्रकाशित मिति: १०:१९ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्