Kathmandu Press

सत्तागठबन्धनको बैठक जारी, महानगरमा तालमेलका विषयमा छलफल हुँदै

आजको बैठकले ६ महानगरपालिकाकाे भागवण्डा गर्ने आकलन गरिएको छ। 
सत्तागठबन्धनको बैठक जारी, महानगरमा तालमेलका विषयमा छलफल हुँदै

काठमाडौं, चैत २२ : सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेबाट बैठक सुरू भएकाे बालुवाटार स्रोतले जानकारी दिएको छ। 

आजको बैठकमा स्थानीय तहको निर्वाचन र तालमेलको विषयमा निर्णय हुने बताइएको छ। यसअघि गठबन्धनको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहलाई नै जिम्मा दिने निर्णय गरेको थियो । त्यसका लागि गठबन्धनले चुनावी संयन्त्र बनाउने र तालमेलका लागि सोही संयन्त्रले काम गर्ने निर्णय भएको थियो। 

देशभरका ६ महानगरमा भने केन्द्रले नै उम्मेदवारको टुगो लगाउने निर्णंय भएको थियो । आजको बैठकले ६ महानगरपालिकाकाे भागवण्डा गर्ने आकलन गरिएको छ। 

यसअघिको निर्वाचनमा एमालेले जितेको महानगरमा जनता समाजवादीले दाबी गरिरहेको छ भने भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले दाबी गरेको छ। भरतपुर कांग्रेसले लिएर अन्य महानगरको प्रमुख माओवादी केन्द्रलाई दिनेबारेमा कांग्रेसभित्र छलफल चलेको छ। 

महानगरपालिकामा सहमति गरेर उम्मेदवारको टुंगो लगाउने विषयमा आजको छलफल केन्द्रीत हुने बताइएको छ। 

प्रकाशित मिति: ०९:५५ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्