Kathmandu Press

प्रदेश १ को योजना आयोगका पदाधिकारी नियुक्त

विराटनगर, चैत २२ : प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ।गएराति अवेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था तथा...
प्रदेश १ को योजना आयोगका पदाधिकारी नियुक्त

विराटनगर, चैत २२ : प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ।

गएराति अवेरसम्म चलेको मन्त्रिपरिषद् बैठकले यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ। नवनियुक्त प्रवक्ता घिमिरेका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षलगायत सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको छ।

बैठकले पाँचथरका डा. पूर्ण लोक्सोमलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। लोक्सोम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए।

त्यस्तै आयोगका सदस्यहरूमा डा. ज्ञानेन्द्रबहादुर कार्की (सङ्खुवासभा), नारायण कोइराला (सुनसरी), प्रकाश राई (भोजपुर) र अञ्जु खड्का (मोरङ) लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री घिमिरेले बताए।

त्यस्तै  बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिवलाई हटाउने निर्णय गरेको छ।

सगरमाथा टिन्स क्लब (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ लाई संशोधन गरी सो सम्बन्धमा बनेको नयाँ कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय भएको छ। बैठकले स्मृति प्रतिष्ठान, फाउन्डेशन र अध्ययन केन्द्रलाई अनुदान रकम प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: ०६:४२ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्