Kathmandu Press

नागरिकताको समस्या छिट्टै सामधान हुन्छ : मन्त्री खाँण

काठमाडौं, चैत २१ : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताएका छन् ।नेपाली कांग्रेस बारा क्षेत्र नं १ क्षेत्रीय समितिले आज...
नागरिकताको समस्या छिट्टै सामधान हुन्छ : मन्त्री खाँण

काठमाडौं, चैत २१ : गृहमन्त्री बालकृष्ण खाँणले नागरिकताको समस्या छिट्टै सामधान हुने बताएका छन् ।

नेपाली कांग्रेस बारा क्षेत्र नं १ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको आमसभामा खाँणले मधेसमा नागरिकताको ठूलो समस्या रहेको स्वीकार्दै नेपालमा जन्मेर हुर्किएकालाई नागरिकताबाट वञ्चित नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

कानुनको अभावका कारण नागरिकता वितरणमा केही समस्या रहेको र त्यो समस्या अब छिट्टै सामधान हुने उनको दाबी थियो । नागरिकतासम्बन्धी कानुन निर्माणको प्रस्ताव सदनमा रहेको भन्दै उनले राष्ट्रिय सहमति जुटाएर नागरिकता ऐन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेको जानकारी दिए  ।

नागरिकता ऐन बनिसकेपछि पालिकास्तरमै टोली खटाएर नागरिकता वितरण गर्ने सरकारको सोच रहेको उनले प्रष्ट पारे । मन्त्री खाँणले मधेसी जनता नेपालको सच्चा राष्ट्रवादी भएको बताए ।

उनले मधेसी जनताले नेपालको भूमि र सीमाको पहरेदारी गरेर रक्षा गरिरहेका बताउँदै धन्यवाद ज्ञापन गरे । मन्त्री खाँणले आजै ऐतिहासिक पोखरी झरौखरमा स्वर्गीय भागवतप्रसाद यादवको प्रतिमा अनावरण पनि गरे । 
 

प्रकाशित मिति: २०:१६ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्