Kathmandu Press

सन्दीप भन्छन्– ठूलो उपलब्धिका लागि यो सुरुआत हो

काठमाडौं, चैत २१ : नेपाली क्रिकेट टिमले सन्दीप लामिछानेको कप्तानीमा पहिले उपाधि जितेको छ । टियु मैदानमा भएको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै...
सन्दीप भन्छन्– ठूलो उपलब्धिका लागि यो सुरुआत हो

काठमाडौं, चैत २१ : नेपाली क्रिकेट टिमले सन्दीप लामिछानेको कप्तानीमा पहिले उपाधि जितेको छ । टियु मैदानमा भएको फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले त्रिकोणात्मक टि–२० सिरिजको उपाधि जितेको हो । 

कप्तानका रुपमा पहिलो उपाधि जितेपछि सन्दीपले ठूलो उपलब्धिका लागि सुरुआत भएको बताए । उनले अलिअलि अनुभव भएका युवा खेलाडीले भरिएको टिमले सिकिरहेकाले ठूलो नतिजा आउन केही समय लागने बताए । 

सन्दीपले समर्थकको साथ र हौसलाले नै उपाधि जित्न सम्भव भएको बताए । आफ्नो कप्तानीमा पहिलो उपाधि जित्दा धेरै खुसी भएको बताउँदै उनले टिमका साथीहरूको सहयोग पनि निकै महत्वपूर्ण भएको उल्लेख गरे। 

‘जिम्मेवारी सबैको महत्वपूर्ण नै हुन्छ। टिमका लागि खेल्दा कप्तानसँगै धेरै जिम्मेवार खेलाडीको भूमिका पनि उत्तिकै हुन्छ,’ सन्दीपले भने, ‘टिमका साथीहरूबाट सहयोग भएको हुनाले नै यो उपाधि सम्भव भएको हो।’

प्रकाशित मिति: १९:५८ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्