उपत्यकाका ठुला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामग्री
काठमाडाै, चैत २१ : काठमाडौं उपत्यकाका ठुला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामग्रीहरु भटिएको छ।सोमबार जिल्ला प्रशासन काठमाडौं र वाणिज्य बिभागको संयुक्त अनुगमनका क्रममा अनामनगरमा...
काठमाडाै, चैत २१ : काठमाडौं उपत्यकाका ठुला डिपार्टमेन्टहरुमा म्याद सकिएका खाद्य सामग्रीहरु भटिएको छ।
सोमबार जिल्ला प्रशासन काठमाडौं र वाणिज्य बिभागको संयुक्त अनुगमनका क्रममा अनामनगरमा रहेको बिगमार्ट र पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा म्याद सकिएका खाद्य सामाग्रीहरु भेटिएका हुन्।
अनामनगरमा रहेको बिगमार्टमा अनुगममनका क्रममा केहि उपभोग्य सामाग्रीहरुको म्याद गुर्जिएको फेला परेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए।

त्यस्तै बिगमार्टमा व्यवसायी दर्ता प्रमाणपत्र नवीकरण नगरेको पाइएकोले रु ५० हजार जरिवाना गरेको र सात दिन भित्र बाणिज्य बिभागमा सम्पर्क राख्न निर्देशन दिएको उहाले बताए।
पुरानो बानेश्वरमा रहेको सेल्सबेरीमा पनि म्याद गुज्रिएका सामाग्री फेला परेको र व्यवसायी दर्ता प्रमाणपत्र नविकरण नगरेको पाइएकोले रु. ५० हजार जरिवाना गरिएको पौडेलले जानकारी दिए।
यसअघि संयुक्त अनुगमन टोलीले कलंकीस्थीत भाटभटेनीमा अनुगमन गर्दा म्याद गुज्रिएको सामग्री फेला पारेपछि कारबाही गरेको थियो।
उपभोक्ता संरक्षण ऐनअनुसार उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए आगामी दिनमा कडा कारबाही गर्ने प्रशासन कार्यालयले जनाएको छ।













