नेपाल र जापान बीचको सम्बन्ध धेरै पुरानो : परराष्ट्रमन्त्री खड्का
उदयपुर, चैत २१ : परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल र जापान बीचको सम्बन्ध धेरै पुरानो रहेको बताएका छन्।मन्त्री खड्काले सोमबार उदयपुर जिल्लाको...
उदयपुर, चैत २१ : परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल र जापान बीचको सम्बन्ध धेरै पुरानो रहेको बताएका छन्।
मन्त्री खड्काले सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका-३ आमसालस्थित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्।
मन्त्री खड्काले जापान सरकारसँगको पुरानो सम्बन्धका कारण देशमा ठुलाठुला कलकारखाना, सडक विस्तार, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग भएको भन्दै जापान सरकारको सहयोगप्रति आभारी रहेको पनि बताए।
जापान सरकारको ७७ लाख ९१ हजार ६ सय ४४ रुपैयाको आर्थिक सहयोग तथा चौदण्डीगढी नगरपालिकाको ११ लाख ९५ हजार र नारी जागरण मार्फत २ लाख ९० हजारको लागतमा स्वास्थ्य केन्द्र निर्माण गरिएको हाे।
नेपालका लागि जापानी राजादूत किकुता युताका र परराष्ट्रमन्त्री खड्काले संयुक्त रुपमा साे स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन्।



प्रकाशित मिति: १७:४५ बजे, सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











