पार्टी कब्जा गर्न नसकेपछि प्रचण्ड र नेपालले दक्षिणपन्थी गठबन्धन बनाए : ओली
काठमाडाैं, चैत २१ : एमाले अध्यक्ष केपी ओलीले पार्टी कब्जा गर्न असफल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले...
काठमाडाैं, चैत २१ : एमाले अध्यक्ष केपी ओलीले पार्टी कब्जा गर्न असफल भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दक्षिणपन्थी गठबन्धन बनाएको आरोप लगाएका छन्।
सोमबार ललितपुरमा प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले तत्कालीन तत्कालीन नेकपा कब्जा गर्न उनीहरुले भएजतिकै बल लगाएको नसकेपछि दक्षिणपन्थी गठबन्धन बनाएको आरोप लगाएका हुन्।
अध्यक्ष ओलीले प्रचण्ड र नेपालले पार्टी फुटाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप पनि लगाए। उनले वामपन्थीभन्दा प्रचण्ड सम्झिने गरेको भन्दै प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको तर्क गरे।
प्रचण्डले मुलुकमा द्वन्द्व मच्चाएको र आफू शान्तिको पक्षमा रहेकाले आफू र प्रचण्डबीच समानता नरहेको जिकिर गरे। त्यस्तै ओलीले वामपन्थी आन्दोलन कमजोर पार्ने काम गरेको बताए। ओलीले तत्कालीन माओवादी केन्द्रलाई आफूले जबरजस्ती घिसारेर एकतामा ल्याएको उल्लेख गरे। उनले गठबन्धन दुई दिनको केटाकेटीको खेल भएको बताए।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुकको विकासका लागि एमाले सरकारले धेरै काम गरेको र आगामी निर्वाचनपछि एमाले सरकारमा गएर सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पूरा गर्ने धारणा राख्नुभयो ।











