Kathmandu Press

गोली लागेर अमेरिकामा ६ को मृत्यु, १२ घाइते

लस एन्जलस, चैत २१ : अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ।क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा...
गोली लागेर अमेरिकामा ६ को मृत्यु, १२ घाइते

लस एन्जलस, चैत २१ : अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ।

क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय अनुसार आइतबार बिहान भएको अधिकारीहरूले जनाएका छन्।  

सामान्य घटनामा पनि गोली प्रहार गरी हत्या गर्ने घटना अमेरिकामा धेरै हुने गरेको र यो राष्ट्रिय समस्याका रुपमा रहेको उनीहरूको भनाइ छ।

मृत्यु भएका मध्ये तीन जना महिला र तीन जना पुरुष रहेको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।

घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएकाले थप विवरण भने पछि मात्रै दिन सकिने प्रहरी अधिकारीहरूको भनाइ छ। 
 

प्रकाशित मिति: १५:१४ बजे, सोमबार, चैत २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्