Kathmandu Press

भायानेटले ल्यायो नयाँ रिफरल योजना

काठमाडौं, चैत २१ : भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ। यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्यान्ड...
भायानेटले ल्यायो नयाँ रिफरल योजना

काठमाडौं, चैत २१ : भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ। यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्यान्ड राउटर सित्तैमा पाउन सक्नेछन्।

यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुबैले एक महिनाको इन्टरनेट फ्री पाउने कम्पनीले जनाएको छ। साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्।

रिफरल उपहारका लागि योग्य हुन ग्राहकले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ। भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्।

ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग–इन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन्। भायानेटले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम संकलन गर्न सम्पर्क गर्नेछ। 

भायानेटले नेपालका मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा–फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ।

विशेष गरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा एक सय ७५ एमबीपीएसको इन्टरनेट सँगै दुई वटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य प्रति महिना एक हजार २५० रुपैयाँ रहेको छ।

नयाँ रिफरल योजना मार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह ल्याउने कम्पनीको आशा छ। यो अफर सीमित अवधिको लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन तुरुन्त सम्पर्क गर्न समेत भायानेटले आग्रह गरेको छ।

ग्राहकले थप जानकारी भायानेटकाे वेबसाइटमार्फत लिन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्