Kathmandu Press

नेपालले पिएनजीलाई दियो १६९ रनको लक्ष्य

काठमाडाैं, चैत २१ : दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले पपुवा न्युगिनीलाई १६९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला...
नेपालले पिएनजीलाई दियो १६९ रनको लक्ष्य

काठमाडाैं, चैत २१ : दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले पपुवा न्युगिनीलाई १६९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्को अर्धशतकीय इनिङ खेल। जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले एक शतक र एक अर्धशतक प्रहार गरेका थिए।

८२ रनमा तेस्रो विकेट गुमाएको नेपाल त्यसपछि कुनै रन नजोड्दै थप २ विकेट गुमाएपछि दबाबमा आएको नेपालको इनिङ उकास्ने क्रममा दीपेन्द्रले ३८ बलमा ५ चौका प्रहार गर्दै ५४ रन बनाए।

पपुवा न्युगिनीविरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन्।

यस्तै, करण केसीले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाउँदा ओपनर आसिफ सेखले २९ र कुशल भुर्तेलले २५ रन बनाए। यस्तै, युवा अलराउन्डर आदिल आलमले १५ रन बनाए। 

पपुवा न्युगिनीका सेमो कामेअले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए।

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्