Kathmandu Press

माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

काठमाडाैं, चैत १९ : स्थानीय तहको चुनाव निजिकइरहँदा विभिन्न पार्टीका नेताकार्यकर्ता यताउता गर्ने क्रम बाक्लो बनेको छ। एउटा दलबाट चुनाव जिते पनि अर्को...
माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष डल्लाकोटी एमालेमा प्रवेश

काठमाडाैं, चैत १९ : स्थानीय तहको चुनाव निजिकइरहँदा विभिन्न पार्टीका नेताकार्यकर्ता यताउता गर्ने क्रम बाक्लो बनेको छ। एउटा दलबाट चुनाव जिते पनि अर्को दलतिर लाग्ने जनप्रतिनिधि पनि देखिएका छन्।   

यसैक्रममा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्षमा निर्वाचित पित्तबहादुर डल्लाकोटी एमालेमा प्रवेश गरेका छन्। उनी आज (सोमबार) ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमबीच एमालेमा प्रवेश गरेका हुन्। 

डल्लाकोटीलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका हुन्। १५ वर्षअघि उनी एमालेमै थिए। तत्कालीन माओवादी पार्टीमा प्रवेश गरेको १५ वर्षपछि उनी एमालेमै फर्किएको जनाइएको छ।
 

प्रकाशित मिति: १४:०९ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्