कालीगण्डकीमा निर्माणाधीन पुल भत्किँदा आठ घाइते, दुईको अवस्था गम्भीर
स्याङ्जा, चैत २१ : स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार चापाकोट नगरपालिका–८...
पाल्पा, चैत २१ : कालीगण्डकी नदीमा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
स्याङ्जाकाे चापाकोट नगरपालिका-८ दामाचौर र पाल्पाकाे रामपुर नगरपालिका-६ निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ।
घाइते हुनेमा रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवासकुमार पटेल, हरिहरपुरका २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, सोही ठाउँका २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव, गोरखाका २३ वर्षीय सृजन परियार रहेका छन्।
घाइतेमध्ये रामनिवास र धनन्जयको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जनाइएकाे छ। अन्यकाे उपचार पाल्पाका मिसन अस्पतालमा भइरहेकाे छ।
पुलको काम गर्ने क्रममा आइतबार बेलुकी ७ बजेतिर क्रेनले बिम मिलाउने क्रममा सामान्य त्रुटि हुँदा दुर्घटना भएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएकाे छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीकाे भनाइ छ।











