Kathmandu Press

जर्मनीद्वारा युक्रेनलाई मार्डर इन्फन्ट्री फाइटिङ भेहिकल दिन अस्वीकार

जर्मनीद्वारा युक्रेनलाई मार्डर इन्फन्ट्री फाइटिङ भेहिकल दिन अस्वीकार

बर्लिन, चैत २१ : बर्लिनले युक्रेनलाई १०० मार्डर इन्फन्ट्री फाइटिंग भेहिकल उपलब्ध गराउने कीभको अनुरोधलाई अस्वीकार गरेको जर्मन मिडिया वेल्टले आइतबार रक्षा स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

गत बुधबार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले जर्मन रक्षा मन्त्रालयलाई १०० मार्डर सवारी साधन र अन्य भारी हतियारहरूका लागि पत्र पठाएको थियो। 

किभका स्रोतहरूले वेल्टलाई  जनाएअनुसार जर्मन रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचले रेज्निकोभसँगको फोन वार्तामा उक्त अनुरोध अस्वीकार गरेका हुन्। 

यसअघि जर्मन रक्षा मन्त्रालयले वेल्टलाई कीभको अनुरोध प्राप्त भएको पुष्टि गर्दै ती सवारी साधनहरू नाटो प्रतिबद्धताहरूमा संलग्न छन्।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, चैत २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्