Kathmandu Press

चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने सहमति

चितवन, चैत २१ : चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धनका पाँच दलबीच चुनावी तालमेल हुने भएकाे छ।गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा...
चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने सहमति

चितवन, चैत २१ : चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धनका पाँच दलबीच चुनावी तालमेल हुने भएकाे छ।

गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमाेर्चार (राजमो) बीच आज (सोमबार) बिहान बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने सहमति भएकाे हाे।

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका इन्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बैठकपछि पाँच नेताकाे हस्ताक्षर रहेकाे चारबुँदे प्रेस विज्ञप्ति जारी गरिएकाे छ। साे विज्ञप्तिमा उल्लेख भएअनुसार चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ। संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्नेछन्।

गठबन्धनमा सहभागी दलहरुबीच गठबन्धनको मर्म र भावनाअनुरुप आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने विज्ञप्तिमा उल्लेख छ।

दलगत वस्तुस्थितिबारे प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ प्रतिनिधि रहनेगरी एक कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्