‘जसले एमाले सरकार ढाल्यो, उसैसँगै गठबन्धन कसरी हुनसक्छ ?’
चितवन, चैत २१ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगमी स्थानीय निर्वाचनमा आफ्नै नेतृत्वको सरकार ढाल्नेहरुसँग गगबन्धन गर्न नसकिने बताएका छन्। प्रेस...
चितवन, चैत २१ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगमी स्थानीय निर्वाचनमा आफ्नै नेतृत्वको सरकार ढाल्नेहरुसँग गगबन्धन गर्न नसकिने बताएका छन्। प्रेस चौतारी नेपाल चितवनले भरतपुरमा गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले एमाले कुनै गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे।
‘एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउनेहरूसँग फेरि कसरी गठबन्धन हुनसक्छ ?,’ उनले भने। उनले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताए।
राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरुसँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भेटघाट सामान्य भएको पनि बताए।
प्रकाशित मिति: ११:१२ बजे, सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











