Kathmandu Press

विवादबीच उद्घाटन हुँदै काष्ठमण्डप

काठमाडौं, २१ चैतः ०७२ वैशाखको भूकम्पले भत्किएको काष्ठमाण्डक पुनर्निर्माणपछि आज उद्घाटन हुँदैछ। काष्ठमण्डपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।सात वर्ष लगाएर पुननिर्माण...
विवादबीच उद्घाटन हुँदै काष्ठमण्डप

काठमाडौं, २१ चैतः २०७२ वैशाखको भूकम्पले भत्किएको काष्ठमाण्डक पुनर्निर्माणपछि आज उद्घाटन हुँदैछ। काष्ठमण्डपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।

सात वर्ष लगाएर पुननिर्माण गरिएको काष्ठमण्डप विवादरहित भने हुन सकेको छैन । पुनर्निर्माणका क्रममा प्रतिस्थापन गरिएको गोरखनाथसहितको अन्य चार गणेशका प्राचिन मुर्ति नयाँ राखिएसँगै विवाद सिर्जना भएको थियो।

यही विषयलाई लिएर गत पुस २८ मा जनहित संरक्षण मञ्चका सञ्जय अधिकारीले सर्वोच्च अदालतमा रिट पनि हालेको थिए। सर्वोच्चले माघ ३ गते अन्तिरम आदेश जारी गर्दै काष्ठमाण्डपमा नयाँ मूर्ति नराख्न भनेको थियो।

काष्ठमण्डपमा रहेका प्राचिन मूर्तिमा खण्ड देखिएपछि नयाँ मूर्ति निर्माण गरिएको काष्ठमण्डप पुननिर्माण समितिले जनाएको छ । मन्दिर तथा सतलहरूमा खण्ड भएको मूर्ति राख्न नमिल्ने जनविश्वास रहेको समितिका अध्यक्ष राजेश शाक्य बताउँछन्।

विवाद काष्ठमाण्डप पुननिर्माणमा नभई त्यहाँभित्रको मुर्तिका विषयउमा मात्र उठेको र सोही कारणले आजै उद्घाटन गर्न लागिकाएको पुननिर्माण समितिका अध्यक्ष शाक्यले बताए। ‘जहाँसम्म मुर्तिको विवाद छ, काष्ठमण्डप उद्घाटन भएपनि त्यहाँ रहेका मूर्तिमा प्राणप्रतिष्ठा गरिने छैन,’ उनले भने ।

सर्वोच्च अदालत केही सटिक आदेश नआएसम्म मूर्तिका विषयमा कुनै निर्णय नगर्ने शाक्य बताउँछन्। अदालतको निर्णय अनुसार नै मुर्तिको प्राणप्रतिष्ठा हुने उनले बताए। यो मुद्दामा २०७९ भदौ ५ मा पेशी छ ।

यता, सम्पदा अभियान्ता तथा संस्कृतिविद्हरु भने समितिको निर्णयप्रति असन्तृष्टी जनाएका छन्।

 

प्रकाशित मिति: १०:५१ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्