Kathmandu Press

स्युचाटारमा मोटरसाइकल दुर्घटमा एक महिलाको मृत्यु

काठमाडौं, चैत २१ : काठमाडौंको स्युचाटारमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ ।बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा नुवाकोटको...
स्युचाटारमा मोटरसाइकल दुर्घटमा एक महिलाको मृत्यु

काठमाडौं, चैत २१ : काठमाडौंको स्युचाटारमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु भएको छ ।

बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किँदा नुवाकोटको कुमारी–१ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाको छ।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गए राति साढे १० बजे मृत्यु भएको हो। शवलाई पोष्टमार्टमको लागि महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०९:३२ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्