Kathmandu Press

श्रीलंकामा सबै मन्त्रीले दिए राजीनामा

काठमाडौं, चैत २१ : आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन्।गएराति मन्त्रिपरिषद्का सबै मन्त्रीले सामूहिक राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।...
श्रीलंकामा सबै मन्त्रीले दिए राजीनामा

काठमाडौं, चैत २१ : आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन्।

गएराति मन्त्रिपरिषद्का सबै मन्त्रीले सामूहिक राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रीहरूले राजीनामा बुझाएको शिक्षामन्त्री दिनेश गुणवर्द्धनेले जानकारी दिएका छन्।

तर मन्त्रीहरूले सामूहिक राजीनामा दिनुको कारण खुलाएका छैनन्। आर्थिक संटक बढेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ।

प्रधानमन्त्री राजापाक्षेका छोरा नमल राजापाक्षेले पनि आफ्ना सबै विभागबाट राजीनामा दिएको समाचारमा जनाइएको छ।

आर्थिक संकट आएपछि नागरिक प्रदर्शनमा उत्रिएका छन्। आइतबार मात्रै राजधानी कोलम्बोबाट प्रदर्शनमा उत्रिका ६५० जनालाई पक्राउ गरिएको थियो।

 

प्रकाशित मिति: ०८:०१ बजे, सोमबार, चैत २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्