Kathmandu Press

उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं, चैत २१ : त्रिदेशीय टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्न लागेका छन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः३०...
उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं, चैत २१ : त्रिदेशीय टि–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्न लागेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः३० बजे नेपाल र पपुवा न्युगिनीको खेल हुनेछ। यस प्रतियोगितामा मलेसिया लिग चरणबाटै बाहिरिएको छ भने नेपाल र पपुवा न्युगिनी फाइनलमा पुगेका हुन्।

त्रिदेशीय सिरिजमा तीनै देशले एकअर्कासँग दुई दुई खेल खेलका थिए। जसमा नेपालले चारै खेल जितेर ८ अंक जोडेको छ।

त्यस्तै, पपुवा न्युगिनी र मलेसियाले एकएक खेल जितेर दुई दुई प्राप्त गरेका छन्। रन रेटका आधारमा पपुवा न्युगिनी फाइनलमा पुगेको हो।

 

प्रकाशित मिति: ०७:१४ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्