Kathmandu Press

बढ्न थाले पर्यटक, गत महिना आए ४२ हजार

काठमाडौं, चैत २१ : कोरोनाभाइरसको महामारी कारण सुस्ताएको पर्यटन क्षेत्र तंग्रिन थालेको छ भने पर्यटक आउने क्रम पनि बढेको छ।नेपाल पर्यटन बोर्डले सन्...
बढ्न थाले पर्यटक, गत महिना आए ४२ हजार

काठमाडौं, चैत २१ : कोरोनाभाइरसको महामारी कारण सुस्ताएको पर्यटन क्षेत्र तंग्रिन थालेको छ भने पर्यटक आउने क्रम पनि बढेको छ।

नेपाल पर्यटन बोर्डले सन् २०२२ को मार्चमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक आएको जनाएको छ। जबकि, अघिल्लो वर्ष सन् २०२१ को मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए।

यो वर्षको मार्चमा पर्यटकको आगमन कोरोना महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्। वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन्।

प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्